बीमा दाबी भुक्तानी मार्गदर्शन संसोधनको तयारीमा प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन संसोधन गर्ने भएको छ ।
प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ लाई समयनुकुल संसोधन गर्न आवश्यक देखिएको भन्दै संसोधन गर्ने तयारी गरिएको हो ।
प्राधिकरणले यो पटक बीमक, पुनर्बीमक बाहके बीमित तथा सर्वसाधारणलाई पनि संसोधनको राय लिएर परिमार्जन गर्ने तयारी गरिएको छ ।
पछिल्लो समय बीमा दाबीमा देखिएको समस्या र त्यस्को निराकरणको लागि प्राधिकरणले दाबी भुक्तानी सम्बन्धी निर्देशिका संसोधन गर्न लागिएको बताइएको छ।
बीमा भनेको विश्वासको करार सम्झौता हो । समयमा बीमितको विश्वास जित्न नसक्दा पछिल्लो समय बीमा प्रतिको विश्वास घट्दै जाने भएसँगै बीमा दाबी भुक्तानी मार्गदर्शन संसोधनको तयारीमा प्राधिकरण लागेको छ ।बीमकको माग सम्बोधन गर्ने नियामकले यस बर्ष भने दाबी सहजीकरणका लागि बीमित र सर्वसाधारणको समेत सुझाव लिईने भएको छ।
यसअघि बीमा दाबी मागर्दशन २०८१ मा संसोधन गर्दै प्राधिकरणले दाबीकर्ता वा बीमितले दाबी सम्बन्धी निवेदन दर्ता गरेमा वा बीमकलाई सूचना गरेमा बीमा कम्पनीले क्रमानुसार दाबी दर्ता किताबमा अभिलेख गराई दाबीकर्तालाई सो को जानकारी दिनुपर्ने देखि बीमकले विद्युतीय माध्यममा समेत दाबीको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको थियो । ।
जसमा प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीको बीमा दाबी भुक्तानीमा छुट्टाछुट्टै मार्गदर्शन तय गरेको थियो । जीवनबीमातर्फ परिपक्व भएको बीमालेख र मृत्यु दाबी भुक्तानीमा पनि फरक–फरक मार्गदर्शन निर्धारण गरिएको थियो ।
जसमा परिपक्व भएको बीमालेखको दाबी भुक्तानीको हकमा बीमा कम्पनीले बीमालेख परिपक्व भएको मितिले १५ दिनभित्र सक्कल बीमालेख तथा परिचय खुल्ने कागजातहरु लिई भुक्तानी लिन आउन सूचना जारी गर्नुपर्ने व्यवस्था रहेको थियो ।
यसका साथै बीमितले बीमा दाबी भुक्तानीका लागि कागजातहरु पेश गरेमा बीमकले आवश्यक जाँचबुझ गरी निवेदन दर्ता भएको ७ दिनभित्र दाबी भुक्तानी दिनुपर्ने व्यवस्था रहेको थियो ।
त्यस्तै, मृत्यु दाबी भुक्तानी सम्बन्धमा बीमालेखको अवधि समाप्त हुनु अगावै बीमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्ति भए र कसैलाई पनि इच्छाएको नभए बीमा ऐनको दफा १२७ को उपदफा ९२० तथा ९३० मा उल्लिखित व्यक्तिहरुमध्ये सबैभन्दा नजिकको हकवाला वा अख्तियारप्राप्त व्यक्तिले त्यस्तो बीमा रकम लिनको लागि विभिन्न विवरणहरु खुलाइइ दाबी भुक्तानीको लागि निवेदन दिनुपर्ने व्यवस्था रहेको थियो ।
त्यस्तै, बीमा दाबी फछ्र्यौट पूर्जामा निवेदकले सहीछाप गरी प्राप्त भएको मितिले १५ दिनभित्र बीमा कम्पनीले बीमाको दाबी भुक्तानी गर्नुपर्नेछ । र बीमकले विवरणहरु छानविन गरी दायित्व निर्धारण गर्दा बीमा भुक्तानी गर्नु नपर्ने भएमा सो को कारण खोली त्यसको लिखित जवाफ निवेदकलाई दिनुपर्नेछ । बीमकले निवेदकलाई जानकारी दिदा सो निर्णय उपर चित्त नबुझेमा नेपाल बीमा प्राधिकरणमा उजुरी समेत दिन सकिनेछ ।
त्यस्तै, निर्जीवन बीमाको दाबी भुक्तानीको लागि बीमितले बीमकलाई लिखित रुपमा जानकारी गराएमा वा निवेदन प्राप्त भएमा बीमकले आवश्यक जाँचबुझ प्रारम्भ गर्नुपर्ने व्यवस्था रहेको थियो ।बीमा दाबीका सम्बन्धमा सर्भेयर नियुक्त गर्नुपर्ने भएमा तत्काल बीमितको नाम ठेगाना र दाबीको विवरण सहित लिखित रुपमा सर्भेयर नियुक्त गर्नुपर्ने प्रावधान रहेको थियो ।
सर्भेयरले सर्भे प्रतिवेदन बीमकसमक्ष पेश गरेको साधारणतया २१ दिनभित्र बीमकले दायितव ठहर गरी बीमितलाई निर्जीवन बीमाको दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था निर्देशिका थियो ।
२१ दिनभित्र बीमकले दाबी भुक्तानी गर्न नसकेमा वा गर्नु नपर्ने भएमा सो को कारण सहितको जानकारी र सो विरुद्ध नेपाल बीमा प्राधिकरणमा उजुरु गर्न सकिने व्यवस्थाको बारेमा समेत बीमितलाई लिखित जानकारी गराउनुपर्ने व्यवस्था रहेको थियो ।
राय पश्चात् यी व्यवस्था परिमार्जन हुन सक्ने प्राधिकरणको भनाई रहेको छ।












