नेपाल पुनर्बीमा कम्पनीको भ्यालुएसन सकिएपनि, किन भएन साधारणसभा?

१२ जेष्ठ २०८३, मंगलवार १३:३५

काठमाडौं । एक बर्षको भ्यालुएसन दुई बर्ष लगाएर सक्दा पनि नेपाल पुनर्बीमा कम्पनीभित्र हिसाब गडबडीको कारण समयमा साधारणसभा(एजीएम) गर्न सकेको छैन ।

कम्पनीको आन्तरिक स्रोतका अनुसार यतिबेला भद्रगोल हिसाब किताबमा शेयरधनी र एजीएम बुकमा कसरी आँखामा छारो हाल्ने भन्ने बिषयमा कम्पनीका सिईओ सुरेन्द्र थापाको ध्यान केन्द्रित रहेको छ ।

कम्पनीले आर्थिक बर्ष(आ।व) २०८०।०८१ को हिसाब नमिलेको कारण प्राधिकरणको बारम्बारको ताकेतामा भ्यालुएसन सकिएपनि साधारणसभामा शेयरधनीहरुको आलोचना आउने डरले यतिबेला शान्त बसिरहेको छ ।

बीमा प्राधिरणमा नेपाल पुनर्बीमा कम्पनीले आर्थिक बर्ष २०८०र८१ को वित्तिय विवरण समयमा बुझाउन नसक्दा कम्पनीका सिईओ र विभागीय टिमलाई नै छलफलमा निरन्तर बोलाएर कामको भ्यालुएसनको बारेमा अपडेट लिईरहेको थियो ।

हिसाब गोलमाल भएको कारण प्राधिकरणले बारम्बार ताकेता दिएपनि कम्पनीले अडिटरको रिभ्यूमा नै अड्केको भन्ने वाहाना बनाउदै आईरहेको कम्पनीका सिईओ सुरेन्द्र थापाले कैफियतको चाङ एजीएममा बोक्नेछन् ।

कम्पनीको भ्यालुएसनमा बीमा कम्पनीमार्फत लिनुपर्ने रकम अग्रिम भुक्तानीवापत बीमा कम्पनीहरुलाई दिएको रकम देखि कम्पनीको व्यवस्थापनसम्मको खर्चमा अपारदर्शिता देखिएको बुझिएको छ । सो कारण पनि भ्यालुएसनमा समय लागेको प्राधिकरणलाई जवाफ दिइएको थियो नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापाले जथाभावी खर्च गर्ने गरेको, विदेश भ्रमण, कर्मचारीहरुलाई उपहार दिने भन्दै लाखौं रुपैयाँ पेश्की समेत लिएको बुझिएको छ । तर, उक्त पेश्की रकमबाट उपहार दिए नदिएको खुल्न बाँकी छ ।

हिसाब किताब गोलमाल भएको पैसालाई कसरी व्यवस्थापन गर्ने भन्ने चक्करमा रहर नै एक बर्ष ढिलो एजीएम गर्न लागिएको बुझिएको छ । अडिटरले पनि कैफियको भारी बोकाउने र सो मार्फत कम्पनीको अपारदर्शी हिसाब किताब छलङ्ग हुने भएसँगै यतिबेला गडबढ भएको हिसाब मिलानमा व्यस्त भएको देखिन्छ ।

कम्पनीको हिसाब किताब गडबडीको कारण केही समय अघि सिईओ व्यवस्थापन टोली र बोर्डमा यस बिषयमा भनाभन नै चलेको थियो । यसै सन्र्भमा निकै लामो समयसम्म कम्पनीका सिईओ सुरेन्द्र पौडेल कार्यालयमा अनुपस्थित समेत भएका थिए। सो कारण बोर्डमा पनि प्रत्यक्ष प्रभाव देखिएको थियो । पछि प्रहरीमा निवेदन दिएको नाटक गर्दै पुनः काममा फर्केका थिए ।

कम्पनीको आगामी बर्षको वित्तिय विवरणमा थप प्रभाव पर्न सक्ने कर्मचारी बताँउछन् । गत आर्थिक बर्षको भन्दा यस आर्थिक बर्षको हिसाबमा समस्या धेरै देख्न सक्ने ती अधिकारी बताँउछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*