जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे १ खर्ब माथि, कुनको कति ?
१२ जेष्ठ २०८३, मंगलवार १७:२८

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्ममा साढे १ खर्ब माथि रहेको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्ममा एक खर्ब ५६ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कारोबार गर्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा ४१ अर्ब १६ करोड रपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
दोस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यस अवधिमा १९ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
तेस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्ममा १६ अर्ब ८४ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।













