जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २९ प्रतिशतले बढ्यो, नयाँ बिजनेस ग्रोथमा कुन कम्पनी अगाडि?

१२ जेष्ठ २०८३, मंगलवार १८:१२

काठमाडौं । जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन गत बर्षको तुलनामा २९ प्रतिशतले वृद्धि भएको छ।

गत बर्ष २७ अर्ब ४५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले यस अवधिसम्ममा ३५ अर्ब ४५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

यस अवधिसम्ममा आइएमई लाइप इन्स्योरेन्स नयाँ व्यवसाय विस्तारमा अग्रसर देखिएको छ। बैशाख मसान्तसम्ममा कम्पनीको प्रथम बीमाशुल्क आर्जन ८५ प्रतिशतले वृद्धि भएको छ। गत बर्ष १ अर्ब ३ करोडको प्रथम बीमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधिसम्ममा १ अर्ब ९३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

वृद्धिदरको आधारमा दोस्रो स्थानमा सिटिजन लाइफ रहेको छ।

कम्पनीको प्रथम बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भएको छ । गत बर्ष १ अर्ब ५४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधिसम्ममा २ अर्ब २० करोड रुपैयाँ पुराएको छ।
तेस्रोमा रिलायबल नेपाल लाइफ रहेको छ। कम्पनीको नयाँ बिजनेस गत बर्षको तुलनामा ३९ प्रतिशतले वृद्धि भएको छ।

गत बर्ष १ अर्ब १८ करोडको नयाँ बिजनेस भित्र्याएको कम्पनीले यस अवधिसम्ममा १ अर्ब ६५ करोड रुपैयाँ नयाँ बिजनेस भित्र्याउन सफल भएको छ ।

एशियन लाइफको ३९ प्रतिशत, नेपाल लाइफको ३३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २९ प्रतिशत, एलआईसी नेपालको २९ प्रतिशत, नेशनल लाइफको २३ प्रतिशत र सानिमा रिलायन्स लाइफको २१ प्रतिशतले प्रथम बीमााशुल्क आर्जन वृद्धि भएको छ।

त्यस्तै, सूर्य ज्योति लाइफको १९ प्रतिशत, सन नेपाल लाइफको १९ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको १८ प्रतिशत, मेट लाइफको १६ र हिमालयन लाइफको दुई प्रतिशतले प्रथम बीमाशुल्क आर्जन वृद्धि भएको छ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*