घट्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?
१३ जेष्ठ २०८३, बुधबार १०:४१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८० रुपैयाँमा किनबेच भइरहेको छ ।











