सरकारले लगायो निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा रोक
१३ जेष्ठ २०८३, बुधबार ११:१७

काठमाडौैं । स्वास्थ्य बीमा कार्यक्रम निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु बन्द भएको छ।
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरू जेठ १६ गतेदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य बीमा बोडको बोर्डको जेठ ११ गतेको निर्णयानुसार स्वास्थ्य बीमा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरू मिति २०८३ साल जेठ १६ गतेदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय गरेको जनाएको छ।













