५५ बैंक तथा वित्तीय संस्थाको साढे १७ खर्बमाथिको निक्षेप सुरक्षण

काठमाडौं । आर्थिक बर्ष २०८२ पुससम्म निक्षेप तथा कर्जा सुरक्षण कोषको सम्पत्ति ३४ अर्ब ७० करोड रुपैयाा पुगेको छ। आर्थिक बर्ष २०८१र८२ को आर्थिक सुरक्षणले यस्तो देखाएको हो ।
साथै यस कोषले २०८२ फागुनसम्म विभिन्न ५५ बैङ्क तथा वित्तीय संस्थामा रहेका ५ करोड १८ लाख ७९ हजार निक्षेप खातामा रहेको रु.१७ खर्ब ७३ अर्ब ५५ करोडको निक्षेप सुरक्षण गरेको छ ।
यस अवधिसम्म कोषले विभिन्न ७४ बैङ्क तथा वित्तीय भएकोमा हालसम्म ३ हजार ६ सय ८८ दावीकर्तालाई पूर्ण रुपमा कुल रु. २ अर्ब ५४ करोड ६८ लाख माग दाबी भुक्तान गरिएको छ । साथै चालु आर्थिक वर्षको फागुनसम्म ८ हजार ७ सय ६३ दावीकर्तालाई रु. १२ करोड २३ लाख रकम फिर्ता गरिएको छ ।
निक्षेप सुरक्षण भनेको के हो ?
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिका नाममा खोलिएका बचत तथा मुद्दति खातामा राखेको निश्चित सीमा सम्मको रकम संस्था समस्याग्रस्त घोषणा भई फिर्ता गर्न नसकेमा उक्त सीमासम्मको निक्षेप रकम फिर्ता गर्ने गरी सुरक्षण गराउने काम नै निक्षेप सुरक्षण हो ।
हाल प्राकृतिक व्यक्तिका नाममा बैंक तथा वित्तीय संस्थाको बचत तथा मुद्दती खातामा रहेको ३ लाखसम्मको रकमको सुरक्षण गरिएको छ ।












