बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
१३ जेष्ठ २०८३, बुधबार १५:१४

काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९९ अकंले बढेर २७८२.१० बिन्दुमा कायम भएको हो ।
कारोबार रकममा समेत सुधार देखिएको छ । आज ३५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँको कारोबार भएको हो ।
आज कालिन्चोक हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, बुंगल हाइड्रोको १३.३७ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ८.५२ प्रतिशत, आखुखोला जलविद्युतको ३.९३ प्रतिशतले शेयर मूल्य बढेको छ ।













