घुसकाण्डमा मुछिए कास्की प्रहरीका मुद्दा फाँटका वरिष्ठ हवल्दार, विशेष अदालतमा मुद्दा दायर

१३ जेष्ठ २०८३, बुधबार १५:४२

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटका प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ५० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो।

क्षेत्रीले लागुऔषध मुद्दामा सहजीकरण गरी केस मिलाइदिने भनी घुस लिएका थिए। पोखराबाट खटिएको अख्तियारको टोलीले क्षेत्रीलाई ५० हजार घुससहित नियन्त्रणमा लिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*