डिडिसीको केन्द्रीय कार्यालयमा सिआइबीको छापा
१३ जेष्ठ २०८३, बुधबार १७:५०

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बुधबार दूग्ध विकास संस्थान (डिडिसी) को लैनचौरस्थित केन्द्रीय कार्यालयमा छापा मारेको छ।
सिआइबीको टोलीले कार्यालयमा पुगेर प्रारम्भिक अनुसन्धानका क्रममा पाँच जना कर्मचारीको मोबाइल फोन नियन्त्रणमा लिएको छ। साथै दूध खरिद तथा बिक्रीसँग सम्बन्धित महत्वपूर्ण कागजातहरू पनि जफत गरिएको छ।
अनुसन्धान टोलीले पछिल्ला तीन वर्षमा संस्थानबाट भएका निर्णयहरूको विवरण समेत माग गरेको छ। घटनास्थलमा पुगेको करिब ८–९ जनाको सिआइबी टोलीले दूध खरिद–बिक्रीका कागजात, मौज्दात विवरण तथा किसानलाई गर्नुपर्ने भुक्तानीसम्बन्धी जानकारी संकलन गरेको हो।












