म्याग्दी हाइड्रोपावरको आईपीओ निष्कासनको प्रस्ताव संशोधन

१४ जेष्ठ २०८३, बिहीबार ११:२१

काठमाडौँ । म्याग्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव संशोधन गर्ने भएको छ । कम्पनीले उक्त प्रस्ताप पारितका लागि विशेष साधारण सभा बोलाएको हो ।

जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ २९ गते बुटवलमा रहेको महाराजा रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभाबाट कम्पनीको आईपीओ निष्कासनको प्रस्ताव संशोधन गरी आईपीओ निष्कासनको प्रक्रियालाई जारी राख्ने, आईपीओबाट प्राप्त रकमको उपयोगको बारेमा निर्णय लिने, कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*