स्वास्थ्य मन्त्रालयमा ९७७ नयाँ दरबन्दी थप

१४ जेष्ठ २०८३, बिहीबार १७:३५

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा ९७७ नयाँ दरबन्दी थपिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत संघीय पुलअन्तर्गत नयाँ दरबन्दी स्वीकृत भएको मन्त्रालयले जनाएको छ ।

यसअघि कायम रहेको ८३१ दरबन्दीमा ९७७ नयाँ थपिएपछि मन्त्रालयअन्तर्गत कुल दरबन्दी संख्या एक हजार ८०८ पुगेको छ । नयाँ संरचनाअनुसार विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको दरबन्दीमा उल्लेखनीय वृद्धि गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार स्वीकृत नयाँ दरबन्दीमा आवश्यक प्रक्रिया पूरा गरी छिट्टै लोकसेवा आयोगमार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया अघि बढाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*