२४ घण्टामै १ हजार ९५७ सवारी चालक कारबाहीमा, १० लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं । काठमाडौं उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ९५७ जना चालक कारबाहीमा परेका छन् । कारबाहीबाट राज्यकोषमा १० लाख ७८ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने २३ जना चालकलाई कारबाही गरिएको छ । त्यसैगरी नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १४४, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १८५ तथा तीव्र गतिमा सवारी चलाउने १८१ जना कारबाहीमा परेका छन् ।
त्यस्तै ‘लेन’ अनुशासन पालना नगर्ने ८७, निषेधित क्षेत्रमा हर्न बजाउने ९१, सडक पेटीमा सवारी पार्किङ गर्ने १११ तथा एकतर्फी सडकमा सवारी चलाउने ९३ जनामाथि पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।
यसबाहेक अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार ४२ जना चालकलाई समेत ट्राफिक प्रहरीले कारबाही गरेको छ ।











