सपोर्ट लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वीकृत कार्यक्षेत्र कोशी प्रदेश अन्तर्गतका पहाडी जिल्लाहरू धनकुटा, खोटाङ, भोजपुर, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र इलाममा लघुवित्त कार्यक्रम विस्तार तथा सञ्चालनका लागि कर्मचारी माग गरेको छ।
कम्पनीले केन्द्रीय कार्यालयका लागि सुपरभाइजर/वरिष्ठ सहायक, शाखा कार्यालयका लागि वरिष्ठ सहायक/सहायक र कनिष्ठ सहायक (प्रशिक्षार्थी/परीक्षणकाल) पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।
सुपरभाइजर/वरिष्ठ सहायकका लागि एसीसीए/सीए उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा १ वर्षको कार्यानुभव भएको, वरिष्ठ सहायक/सहायकका लागि स्नातक तह उत्तीर्ण गरी एक तह मुनिको पदमा २ वर्षको कार्यानुभव भएको र कनिष्ठ सहायक (प्रशिक्षार्थी/परीक्षणकाल) का लागि प्रविणता प्रमाणपत्र तह/प्लस टू वा सो सरह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा १ वर्षको कार्यानुभव भएको हुनु पर्नेछ।
दरखास्त दिने अन्तिम मितिमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तर महिलाको हकमा थप ४० वर्ष ननाघेको हुनु पर्नेछ। आवेदक नेपाली नागरिक भएको, कम्प्युटर (अफिस प्याकेज), इमेल/इन्टरनेट सम्बन्धी तालीम हासिल गरेको हुनु पर्नेछ भने बाइक वा स्कूटरको लाइसेन्स भएकाले प्राथमिकता पाउनेछन्।
योग्य तथा इच्छुक व्यक्तिले आवेदन फाराम र पाठ्यक्रम कम्पनीको वेबसाइटबाट डाउनलोड गरी आवेदनसाथ नागरिकता, शैक्षिक योग्यता तथा अनुभव र लाइसेन्सको प्रतिलिपि र आफ्नो बायोडाटा सहित कम्पनीको इमेल ठेगानामा वा इटहरीस्थित केन्द्रीय कार्यालयमा जेठ २९ गतेभित्र आवेदन दिनु पर्नेछ। परीक्षाको मिति समय र स्थान कम्पनीको वेबसाइट, आधिकारिक फेसबूक पेज र सूचना पाटीमा सूचना प्रकाशन गरी जानकारी गराइने कम्पनीले जनाएको छ।













