सम्पत्ति शुद्धिकरण विभागले बीमा कम्पनीका सिईओहरुसँग किन लियो बयान ?

१५ जेष्ठ २०८३, शुक्रबार १०:५५

काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले बीमा कम्पनीहरुलाई एलियन्ट ब्रोकर केसमा अनुसन्धानबारे विस्ततृ जानकारी बुझन पत्र पठाएको थियो । पत्रको चित्त बुझदो जवाफ नआएपछि विभागले बीमा कम्पनीहरुलाई नै बोलाएर बयान लिएको छ । जसमा बीमा प्राधिकरणको सहयोगमा विभागले बीमा कम्पनीहरुका सिईओहरुसँग बयान लिएको थियो ।

विभागले बिशेषगरी बीमा कम्पनीहरुले पुनर्बिमा गर्दा एलियन्ट ब्रोकरसँग सम्झौता गरेको र सो कमिशन कारोबार भए नभएको उल्लेख गरी कारोबार भएको भए सो सम्बन्धी विवरण पठाउन माग गरिएको थियो । यस बिषयमा हाल संचालनमा भएका बीमा कम्पनीहरुसँग यस बिषयमा सहयोग गर्न नियामक निकाय नेपाल बीमा प्राधिकरणलाई समेत आग्रह गरेको थियो ।

जसको जवाफ बीमकहरुले हाल एलियन्टमा कुनै बीमा सम्बन्धी सम्झौता नगरिएको जवाफ पठाइएको छ। बीमा कम्पनीहरुले यस बिषयमा सम्झौता नभएको बताएसँगै विभागले यस बिषयमा विस्ततृ जानकारी लिन सिईओहरुलाई नै बोलाएर बयान लिएको थियो । बयानमा पनि उनीहरुले पठाएको लिखित जवाफ नै दिईएको थियो ।

हिमालयन रिको वार्षिक प्रतिवेदनअनुसार जीवन बीमा कम्पनीमा १५ करोड ७ लाख ५१ हजार ८५४ रूपैयाँ ब्रोकरेज कमिसनका खर्च भएको छ । जुन आवश्यक नहुँदा समेत खर्च गरिएको देखिएको छ।
विभागलदे एलियन्ट ब्रोकरमार्फत् भएको रकम दुरूपयोग बिषयमा बार्षिक आवश्यक नहुँदा समेत खर्च भईरहेको बिषयमा शंकास्पद देखिएपछि पत्रको जवाफ सपष्ट नआएको भन्दै छुटा छुटै बीमा कम्पनीहरुका सिईओहरुसँग बयान लिएइको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*