यस बर्षको बजेट नेपाली कागजको फाइलमा

१५ जेष्ठ २०८३, शुक्रबार १५:५०

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यसपटक नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् ।उनी केहीबेर अघि मन्त्रालयबाट बजेट लिएर मन्त्रिपरिषद् बैठकका लागि गएका छन् ।

यसअघि कुनै अर्थमन्त्रीले रातो सुटकेशमा बजेट वक्तव्य बोक्ने गरेका थिए भने कसैले अल्लोबाट बनेको झोलामा बजेट बोकेका थिए ।

यसपटक भने उनले नयाँ सुरुवात गरेका हुन् ।

उनले आर्थिक सर्वेक्षण पनि नेपाली कागजको रङको आवरणमा तयार पारेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*