विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै ‘डायस्पोरा बण्ड’ ल्याइने

१५ जेष्ठ २०८३, शुक्रबार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटमार्फत नेपाली मुद्रामै ‘डायस्पोरा बण्ड’ जारी गरिने घोषणा गरेका छन्। शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३।८४ को बजेट वक्तव्यमार्फत वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

बजेट प्रस्तुत गर्दै उनले विदेशमा रहेका नेपालीलाई लक्षित गरी नेपाली रुपैयाँमै लगानी गर्न सकिने गरी बण्ड जारी गर्ने व्यवस्था गरिने बताएका हुन्।

सरकारले गैरआवासीय नेपालीबाट पुँजी परिचालन गर्दै विकास निर्माण र उत्पादनशील क्षेत्रमा लगानी जुटाउने उद्देश्यले यस्तो नीति अघि सारेको जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*