चुरोट र मदिराजन्य पदार्थमा कर वृद्धि

१५ जेष्ठ २०८३, शुक्रबार १७:५४

काठमाडौं । सरकारले चुरोट तथा मदिराजन्य पदार्थमा कर वृद्धि गर्ने भएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।

चुरोटमा १० प्रतिशत कर वृद्धि गरिएको छ भने मदिराजन्य पदार्थमा पनि कर बढाइएको छ। कर वृद्धिको विस्तृत दर भने सम्बन्धित कर संरचनामार्फत सार्वजनिक गरिनेछ ।

सरकारका अनुसार धूमपान तथा मदिरा सेवनबाट हुने स्वास्थ्य जोखिम, दीर्घरोग र सामाजिक असर न्यूनीकरण गर्न यस्तो नीति अपनाइएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*