विद्युतीय गाडीमा कर प्रणाली परिवर्तन, अब मूल्यका आधारमा कर लाग्ने
१५ जेष्ठ २०८३, शुक्रबार १८:११

काठमाडौं । सरकारले नयाँ बजेट मार्फत विद्युतीय गाडीको मूल्यमा कर लगाउने भएको छ । यसभन्दा अघि किलोवाटका आधारमा कर लाग्दै आएको थियो । अब मूल्यमा कर लाग्ने भएको छ ।
आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् ।












