बजेटले शेयर बजारलाई ‘बुलिश’ संकेत, यी ७ बुँदाले बढायो उत्साह

१५ जेष्ठ २०८३, शुक्रबार १८:३५

काठमाडौँ । सरकार आर्थिक वर्ष २०८३।०८३ को बजेट ल्याएको छ । बजेटले शेयर बजारका लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएका मुद्धालाई सम्बोधन गरेको हो ।

बजेट मार्फ शेयर बजारका मुख्य ७ वटा बुँदा समावेश गरीएको छ । शेयर बजारका मुद्धामा लगानीकर्ता उत्साहित भएका छन् ।

यी हुन् मुख्य बुदा

१, सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हुने

२, पुँजी बजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्ने

३, नेपाल स्टक एक्सचेन्जको पुनःसंरचना अघि बढाई इन्ट्राडे, सर्ट सेलिङ् र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध शुरुवात गर्ने

४, शेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता पुँजी बजारमा हुने अवाञ्छित गतिविधि विरुद्ध शून्य सहनशीलताको नीति लिने

५, नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पुरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सक्ने व्यवस्था मिलाउने

६, गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता र पुँजीगत लाभकर सम्बन्धी कानूनी व्यवस्थामा परिमार्जन गर्ने

७, धितोपत्र बजार व्यवस्थापन र कसुर तथा सजाय सम्बन्धी छुट्टै विधेयक संसदमा पेश गर्ने। वित्तीय ट्रष्टीको नियमन गर्न ट्रष्टी विधेयक तर्जुमा गर्ने

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*