अभिकर्ताको आम्दानीमा लाग्ने कर वृद्धि

१६ जेष्ठ २०८३, शनिबार १९:०५

काठमाडौं । सरकारले अभिकर्ताको आम्दानीमा लाग्ने कर वृद्धि गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटसँगै संसदमा प्रस्तुत आर्थिक विधेयकमार्फत बीमा अभिकर्ताको आम्दानीमा लाग्ने कर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत कायम गरिएको हो।

संसदमा पेश गरेको आर्थिक विधेयकमा बासिन्दा प्राकृतिक व्यक्ति रहेका बीमा अभिकर्तालाई भुक्तानी गरिने सेवा शुल्क वा कमिसनमा २० प्रतिशतका दरले कर कट्टी गरिने व्यवस्था गरिएको छ।

विधेयकअनुसार आयकर ऐनको दफा ८८ को उपदफा ९१० अन्तर्गत रहेको व्यवस्थामा संशोधन गर्दै बीमा अभिकर्ताका लागि छुट्टै कर दर निर्धारण गरिएको हो।

नयाँ व्यवस्थामा “बासिन्दा प्राकृतिक व्यक्ति रहेको बीमा अभिकर्तालाई भुक्तानी गरिएको सेवा शुल्क वा कमिसनमा २० प्रतिशतका दरले कर लाग्ने” उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*