डलरदेखि दिनारसम्म यस्तो छ आजको विनिमयदर

१७ जेष्ठ २०८३, आईतवार ०७:१३

काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ १७ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरिद दर १५१.७१ रुपैयाँ र बिक्री दर १५२.३१ रुपैयाँ कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार युरोपियन यूरोको बिक्री दर १७७.३४ रुपैयाँ कायम भएको छ भने बेलायती पाउन्ड स्टर्लिङ २०४.३९ रुपैयाँमा बिक्री हुने भएको छ। स्वीस फ्र्याङ्कको बिक्री दर १९४.६० रुपैयाँ तोकिएको छ।

अष्ट्रेलियन डलरको बिक्री दर १०९.०७ रुपैयाँ, क्यानेडियन डलरको ११०.२७ रुपैयाँ तथा सिंगापुर डलरको ११९.२३ रुपैयाँ कायम गरिएको छ। जापानी येन १० एकाइको बिक्री दर ९.५६ रुपैयाँ र चिनियाँ युआनको बिक्री दर २२.५१ रुपैयाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

खाडी मुलुकतर्फ साउदी रियालको बिक्री दर ४०.५९ रुपैयाँ, कतारी रियालको ४१.८२ रुपैयाँ तथा यूएई दिरामको ४१.४७ रुपैयाँ कायम भएको छ। त्यस्तै कुवेती दिनारको बिक्री दर ४९६.६१ रुपैयाँ पुगेको छ। बहराइन दिनार ४०३.९८ रुपैयाँ र ओमानी रियाल ३९५.६१ रुपैयाँमा बिक्री हुने राष्ट्र बैंकले जनाएको छ।

एशियाली मुद्रातर्फ थाई भाटको बिक्री दर ४.६८ रुपैयाँ, दक्षिण कोरियाली वन १०० एकाइको १०.११ रुपैयाँ तथा हङकङ डलरको १९.४४ रुपैयाँ कायम गरिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर वाणिज्य बैंकहरूमा भने केही फरक हुन सक्ने उल्लेख गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*