२४ घण्टामै दुई हजार चालक कारवाहीमा, ५ लाख जरिवाना असुल
१७ जेष्ठ २०८३, आईतवार ०८:०७

काठमाडौं । काठमाडौं उपत्यकामा २४ घण्टामा १ हजार ९९४ जना चालक ट्राफिक कारवाहीमा परेका छन् भने ५ लाख ४१ हजार ५०२ रुपैयाँ जरिवाना असुलउपर भएको छ।
मापसेमा १२७ चालक, राइड शेयरिङमा १४२ चालक, रातो बत्तीमा १४९ चालक, तीव्र गतिमा १०३ चालक र लेन अनुशासन उल्लंघनमा १५८ जना चालक ट्राफिक कारवाहीमा परेका छन्।
त्यसैगरी सडक फुटपाथमा १२८ जना, नो हर्नमा १३० जना, एकतर्फी बाटोमा ९५ जना र अन्यमा ९६२ जना चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।












