कम्बोडियामा अलपत्र ६०२ नेपालीको जरिवाना मिनाहा, एक साताभित्र स्वदेश फर्किन चेतावनी

१७ जेष्ठ २०८३, आईतवार ०८:४०

काठमाडौं । कम्बोडिया सरकारले भिसा अवधि सकिएर अलपत्र परेका नेपाली नागरिकको भिसा शुल्क र जरिवाना मिनाहा गरेको छ। भिसा अवधि सकिएपछि भिसा शुल्क र जरिवाना तिर्न नसकी अलपत्र परेका ६०२ जना नेपाली नागरिकको जरिवाना मिनाहा भएको हो।

जरिवाना मिनाहामा परेका नेपाली नागरिकलाई दूतावासले एक हप्ताभित्र अनिवार्य रूपमा नेपाल फर्कन आग्रह गरेको छ। एक हप्ताभित्र नेपाल नफर्किए कम्बोडिया सरकारले पक्राउ गरी कैद र जरिवाना गर्ने चेतावनी समेत दिएको छ।

नेपाल फर्कन लागेका नागरिकले हवाई टिकट किनिसकेपछि सोको जानकारी अग्रीम रूपमा कम्बोडियाको अध्यागमन विभागमा दिनुपर्ने भएकाले दूतावासलाई जानकारी गराउन अनुरोध गरेको छ। साथै कम्बोडियाबाट नेपाल जाने उडान नभएकाले कनेक्टिङ पm्लाइट टिकट मात्रै खरीद गर्न सचेत गराएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*