अल नेपाल इन्फ्रास्ट्रक्चरले आईपीओ जारी गर्ने
१७ जेष्ठ २०८३, आईतवार ०९:४९

काठमाडौं । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएको छ। सभा असार ८ गते काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ८ बजेदेखि शुरु हुनेछ।
सभाले कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायहरूको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरूमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।












