नेपालगन्जमा एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी, पाँच करोड रुपैयाँ बराबरको क्षति

१७ जेष्ठ २०८३, आईतवार १०:२२

काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा रहेको एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ।

शुक्रबार दिउँसो सुरु भएको आगलागी शनिबार मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। आगलागीका कारण उद्योगभित्र रहेका सम्पूर्ण मेसिन, कच्चा पदार्थ तथा तयारी ढोकाहरू जलेर नष्ट भएका छन्।

उद्योगका सञ्चालक प्रकाश रानाका अनुसार आगलागीबाट उद्योगका सबै मेसिन, कच्चा पदार्थ र तयारी ढोका जलेर खरानी भएका छन्। प्रारम्भिक अनुमानअनुसार उद्योगले करिब पाँच करोड रुपैयाँ बराबरको क्षति व्यहोरेको छ।

प्रहरीका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै खुल्ने जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले आगलागी नियन्त्रणका लागि बाँके र बर्दियाका विभिन्न स्थानीय तहका बारुणयन्त्र परिचालन गरिएको बताए। आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको समेत सक्रिय सहभागिता रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*