सम्पदा लघुवित्तको नवौं वार्षिक साधारणसभा सम्पन्न

१७ जेष्ठ २०८३, आईतवार १८:०१

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिको अध्यक्ष प्रदीप सिग्देल (शर्मा) को अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

साधारण सभाले अध्यक्ष शर्माले पेश गरेको आर्थिक वर्ष २०८१।०८२ को वासलात, नाफारनोक्सान हिसाब लगायत अन्य वित्तीय विवरणसहित वार्षिक प्रतिवेदन साथै विभिन्न प्रस्ताव पारित गरेको छ ।

संस्थाको साधारण सभामा कुल १३५ जना सेयरधनीहरूको उपस्थिति रहेको थियो, जसले कुल कायम रहेको सेयरको ५२।२२ प्रतिशत अर्थात ३६,६०,०२२ कित्ता सेयरको प्रतिनिधित्व गर्दछ ।

चालु आर्थिक वर्षको २०८३ वैशाख मसान्तसम्ममा संस्थाले देशका ४५ वटा जिल्लामा १५५ वटा शाखा कार्यालयहरू मार्फत आफ्नो सेवा विस्तार गरिसकेको छ । यस सञ्जाल मार्फत संस्थाको पहुँच १ लाख ८३ हजार भन्दा बढी विपन्न परिवारहरूमा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*