यस्तो छ आज कालिमाटीमा तरकारीको भाउ

१८ जेष्ठ २०८३, सोमबार ०७:२२

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ १८ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा १८ देखि ३५ रुपैयाँ, सानो टनेल गोलभेंडा २९ देखि ३९ रुपैयाँ, लोकल बन्दा ३० देखि ४० रुपैयाँ, स्थानीय काउली ६० देखि ८० रुपैयाँ र तने बोडी ८० देखि ९० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ।

त्यसैगरी लोकल घिउ सिमी ७० देखि ९० रुपैयाँ, टाटे सिमी १२० देखि १३० रुपैयाँ, लौका र लोकल परवर ६० देखि ७० रुपैयाँ, हरियो डल्ले फर्सी ३५ देखि ५० रुपैयाँ, इस्कुस ८० देखि १०० रुपैयाँ, कन्य च्याउ २०० देखि २५० रुपैयाँ र डल्ले च्याउ ४०० देखि ४५० रुपैयाँ तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*