३५ दिनभित्र अपुग कागजात नबुझाए शिखर इन्स्योरेन्सको दाबी फाइल बन्द हुने

१८ जेष्ठ २०८३, सोमबार ०८:५२

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत फागुन १६ गतेदेखि जेठ १५ गतेसम्म परेका दाबी निवेदनहरूमा ३५ दिनभित्र अपुग कागजात पेश गर्न बीमितलाई आग्रह गरेको छ।

उक्त अवधिमा परेका कतिपय बीमा दाबीहरूमा हालसम्म दाबी मूल्यांकनका लागि आवश्यक कागजात पेश नभएको तथा बीमित वा बीमितिको प्रतिनिधि सम्पर्कमा नआएका कारण दाबी भुक्तानी प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जनाएको छ।

त्यस्ता बीमितहरूलाई आवश्यक कागजात सहित सूचना प्रकाशित मिति (जेठ १८ गते) ले ३५ दिनभित्र आवश्यक कागजात सहित सम्पर्कमा आउन आग्रह गरेको हो। उक्त अवधिभित्र पनि सम्पर्कमा नआए सम्बन्धित बीमितको दाबी फाइल बन्द गरिने सूचनामा उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*