दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथि छलफल गरिने
१८ जेष्ठ २०८३, सोमबार ०९:०८

काठमाडौं । आज जेठ १८ गते सोमबार दिउँसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक सिंहदरबारस्थित सभाहलमा बस्नेछ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष १०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र सोमाथि सामान्य छलफल प्रारम्भ गरिने सम्भावित कार्यसूची रहेको छ।











