काठमाडौंबाट १५ जना बंगलादेशी नागरिक पक्राउ

१९ जेष्ठ २०८३, मंगलवार ०७:२५

काठमाडौं । ब्याकमेल गरी पैसा माग्ने जस्ता अवैध गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंबाट १५ जना बंगलादेशी नागरिकहरूलाई पक्राउ गरेको छ।

काठमाडौंको ठमेल एरियामा बंगलादेशी लगायतका नागरिकहरूले भिजिट भिसामा नेपालाई आई भिसाको उद्देश्य विपरीत शंकास्पद रूपमा बसेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानमा उनीहरूले काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित होटल एसको चौथो, पाँचौं र छैटौं तल्लाका कोठाहरू भाडामा लिई अवैध रूपमा विदेशी मोडल तथा युवतीहरूको फेक फेसबूक एकाउन्ट बनाई बंगलादेशी र भारतीय नागरिकहरूलाई साथी बनाई कुराकानी गर्ने, ब्ल्याकमेल गरी पैसा माग्ने जस्ता अवैध गतिविधिमा संलग्न भएको खुल्न आएको छ।

पक्राउ परेका १५ जनालाई नै अध्यागमन ऐन अन्तर्गतको कसूरमा आवश्यक अनु्सन्धान तथा कारवाहीका लागि काठमाडौंको कालिकास्थानस्थित अध्यागमन विभागको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*