यस्तो छ आज तरकारी र फलफूलको मूल्य

१९ जेष्ठ २०८३, मंगलवार ०८:०२

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ १९ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार ठूलो नेपाली गोलभेंडा ५० रुपैयाँ, सानो लोकल गोलभेंडा १८ रुपैयाँ, लोकल गाजर ७० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, तने बोडी ८० रुपैयाँ र लोकल घिउ सिमी ७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी टाटे सिमी १२० रुपैयाँ, तीते करेला २० रुपैयाँ, लोकल परवर ५५ रुपैयाँ, पाकेको फर्सी ४५ रुपैयाँ, हरियो डल्ले फर्सी ४० रुपैयाँ, इस्कुस ७० रुपैयाँ, रायो साग ५० रुपैयाँ र कन्य च्याउ २३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*