बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ ?
१९ जेष्ठ २०८३, मंगलवार १०:४७

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ४०५ रुपैयाँमा किनबेच भइरहेको हो ।











