बीमा प्राधिकरण अध्यक्षका लागि विज्ञ र नियामकदेखि सिईओसम्मको आवेदन

१९ जेष्ठ २०८३, मंगलवार ११:४७

काठमाडौं। नेपाल बीमा प्राधिकरण अध्यक्षका लागि दुई दर्जनले आवेदन दिएका छन्।

बीमा प्राधिकरण अध्यक्षमा प्राधिकरणका उच्च तहका कर्मचारीलेखि बीमा विज्ञ र बीमा कम्पनी र पुनर्बीमा कम्पनीसँग र बीमकसँग लामो समयसम्म काम गरिसकेका सिईओ कआवेदकहरुले आवेदन दिएका छन् ।

राष्ट्रिय योजना आयोग उपाध्यक्ष डा. गुणाकर भट्ट संयोजक, अर्थसचिव घनश्याम उपाध्याय र प्रा.डा. फत्तबहादुर केसी विज्ञ सदस्य रहेको बीमा प्राधिकरण अध्यक्ष छनोट समिति गठन गरिएको छ।
सोही समितिले प्राप्त आवेदन सर्टलिस्ट गरी पाँच जनासँग कार्यक्षमता परीक्षण तथा प्रस्तुति लिएर उत्कृष्ट तीन जनालाई सरकारसमक्ष सिफरिस गर्नेछ। सरकारले तीन जनामध्येबाट एक जनालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*