मंगलबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
१९ जेष्ठ २०८३, मंगलवार १५:१५

काठमाडौँ । शेयर बजार दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.२१ अकंले बढेर २७७७.५८ बिन्दुमा कायम भएको हो ।
कारोबार रकम भने केहि खुम्चिएको छ । आज ३४६ कम्पनीको १ करोड १३ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २६ करोड ३८ लाख रुपैयाँको कारोबार भएको हो ।
आज कालिन्चोक हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६४.९० रुपैयाँले बढेको हो ।
साथै, सेन्ट्रल फाइनान्सको १३.६७ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १०.५७ प्रतिशत, नेपाल रिइन्स्योरेन्सको ९.४४ प्रतिशतले शेयर मूल्य बढेको छ ।













