एकदिनमै २३ सय चालक कारवाहीमा, २४ लाख जरिवाना असुल

२० जेष्ठ २०८३, बुधबार ०७:५०

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकामा एकदिनमै २ हजार २९९ जना सवारी चालक कारवाहीमा परेका छन् भने उनीहरूबाट २३ लाख ७१ हजार रुपैयाँ जरिवाना असुल भएको छ।

ट्राफिक कार्यालयका अनुसार मापसेमा ११९ जना, राइड शेयरिङमा १६० जना, रातो बत्तीमा १३४ जना, ओभर स्पीडमा ११८ जना, लेनमा ११४ जना, सडक फुटपाथमा १२० जना, नो हर्नमा ९४ जना, एकतर्फी बाटोमा १४४ जना र अन्यमा १ हजार २९६ जना सवारी चालक कारवाहीमा परेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*