समस्याग्रस्त सहकारीका सञ्चालकको नामावली सार्वजनिक, लुकाइएको सम्पत्तिबारे सूचना माग

२० जेष्ठ २०८३, बुधबार ११:३९

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित २३ सहकारी संस्थाका सञ्चालकहरूको नामावली सहितको विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक भएका सञ्चालकहरूको सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा सूचना दिन पनि अनुरोध गरिएको छ।

सञ्चालकहरूले सहकारीको दायित्व फरकफारक, ऋण असुली, सम्पत्ति र अन्य स्रोत साधनको पहिचान गरी सोको व्यवस्थापन गर्ने र नियमित समितिको सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन कार्यमा सहयोग पुर्याउन पनि आग्रह गरिएको छ। अन्यथा कानून बमोजिम कारवाही हुने चेतावनी समेत समितिले दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*