बालेनको अभिब्यक्ति राष्ट्रघाती, नेपालले भारतको एक इन्च भूमि समेत मिचेको छैनः एमाले अध्यक्ष ओली

२० जेष्ठ २०८३, बुधबार १३:४८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले सीमा सम्बन्धमा दिएको अभिव्यक्ति राष्ट्रघाती भएको बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले नेपालले भारतको एक इन्च भूमि पनि नमिचेको दाबी गर्दै सीमा सम्बन्धी विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिन नहुने बताए।उनले प्रधानमन्त्री शाहको अभिव्यक्ति स्वार्थसिद्ध गर्ने उद्देश्यबाट प्रेरित रहेको तर्क राखे । राष्ट्रिय हितसँग जोडिएका संवेदनशील विषयमा बोल्दा जिम्मेवारी र तथ्यको ख्याल गर्नुपर्ने उनको भनाइ थियो।

ओलीले देशप्रतिको प्रेम नझुक्ने भन्दै घुँडा नटेक्ने बताएका छन् । उनले भने ‘म व्यक्तिगत तवरमा पनि ढल्न सक्छु, पछारिन सक्छु तर घुँडा टेक्ने वाला छैन । मेरो शिर काटिन सक्छ तर हात उठाउने वाला छैन ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*