बुधबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
२० जेष्ठ २०८३, बुधबार १५:१९

काठमाडौँ । शेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६६ अकंले बढेर २७८०.२५ बिन्दुमा कायम भएको हो ।
कारोबार रकममा पनि सुधार देखिएको छ । आज ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको हो ।
आज कालिन्चोक हाइड्रोपावर र एसबिएल डिबेन्चर २०८४को शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, विजय लघुवित्तको ८.७३ प्रतिशत, सयपत्री हाइड्रोको ७.०५ प्रतिशत र नेपाल इन्स्योरेन्सको ६.१७ प्रतिशतले शेयर मूल्य बढेको हो ।













