माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

२० जेष्ठ २०८३, बुधबार १८:४६

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बैंकका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता शेयर जेठ २० गते नेप्सेमा सूचीकृत भएको हो । उक्त शेयरको कुल निष्कासन मूल्य ३ अर्ब रुपैयाँ रहेको छ ।

सूचीकृत भएको यो अग्राधिकार सेयर जेठ २० गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि उपलब्ध भएको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*