इरानद्वारा कुवेतमा भिषण सैन्य हमला, ६३ जना घाइते, एक जनाको निधन

काठमाडौं । इजरायलको कारण शान्त हुन हुन नसकेको मध्यपूर्वमा आज अप्रिय घटना हुन पुगेको छ । इरानले आज विहानैदेखि कुवेत र बहराईनमा भिषण मिसाइल र ड्रोन हमला गरेर डरलाग्दो परिस्थिति सिर्जना गरिदिएका छन् । ति स्थानमा रहेका अमेरिकी अखडाहरुमा हमला गर्ने क्रममा इरानले कुवेतस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा समेत आक्रमण गरेको छ ।
घटनामा ६३ जना घाइते भएको कुवेतको आधिकारिक कुना न्यूज एजेन्सीले जनाएको छ । जसमा एक भारतीय नागरिकको निधन भएको छ । अमेरिकाले इरानतर्फ जाँदै गरेको एक खाली तेल ट्याङ्करमा गरेको आक्रमणको बदलामा इरानले कुवेत र बहराईनमाथि सैन्य हमला गरेको थियो । इरानले ति देशहरुलाई अमेरिकी सेना पालेर राखेको तथा अमेरिकी लडाकु जहाजलाई इरानमाथि आक्रमण गर्न आकाश उपलब्ध गराएको आरोपमा भिषण हमला गरेको हो ।
इरानले दुबईमाथि पनि कुनै बेला त्यस्तै खालको भिषण सैन्य आक्रमण गर्न सक्ने खतरा उत्तिकै छ । किनभने दुबईले इजरायलको सेना तथा आईरनडोम प्रतिरक्षा प्रणाली स्थापना गरेर बसेको छ ।

इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन विपरित लेबनाममा भिषण हवाई हमला गरेपछि आक्रोसित बनेको इरानले पनि अमेरिकाले गरेको सामान्य कारवाहीको बदलामा भिषण सैन्य हमला गरेको हो ।
उक्त घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोसित मात्रै बनेका छैनन्, भनेको छन्, ‘मेरा लागि इजरायल छैन भने इजरायलको लागि पनि म तत्कालैदेखि हुनेछैन ।’ भन्ने ऐतिहासिक अभिव्यक्ती दिएका छन् । इजरायलले अहिलेसम्म अमेरिकी सहयोगमा मध्यपूर्वमा आतंक मच्चाउँदै आएको थियो । अलजजिराका अनुसार ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले उक्साएर आफूले इरानमा हमला गरेको समेत खुलासा गरिदिएका छन् ।
एकातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहूबीचमा बढ्दो चिसोपना र इरानले यही बीचमा कुवेत र बहराईनमा गरेको भिषण सैन्य हमलाले मध्यपूर्वको अवस्था अझै के हुन्छ भनेर भन्न सक्ने अवस्थामा छैन ।
नेपाल सरकारको परराष्ट्र मन्त्रालय मानवताको पक्षमा नभएकोले इजरायलले गरेको आम नरसंहार तथा मानवता विरोधी अपराधमा मुन्टो लुकाएर बसिहरकेको छ । परराष्ट्र सम्बन्धी पर्याप्त ज्ञान नै भएको व्यक्त शिशिर खनाल मन्त्री भएकोले पनि कुटनीतिक धर्म निर्वाह गर्न समेत समस्या भोगिरहेको छ ।












