गाडी दुर्घटनामा तीनको मृत्यु

२१ जेष्ठ २०८३, बिहीबार ०९:५५

काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको हो । ‘घटनास्थलमा गएको हाम्रो टोलीले एक महिला र दुई पुरुषको मृत्यु भएको जानकारी दिएको छ, उनीहरुको सनाखत हुन बाँकी छ,’ स्थानीय प्रहरीले भने

प्रहका अनुसार पिकअप गाडी सडकबाट करिब ४–५ सय मिटर तल खसेको छ । गाडी दुर्घटनाको खबर प्रहरीले आज बिहान ९ बजेतिर पाएको थियो । इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली खटिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*