रसुवागढी जलविधुत केन्द्रबाट विधुत् उत्पादन बन्द हुने

काठमाडौं । रसुवागढी जलविधुत केन्द्रबाट विधुत् उत्पादन बन्द हुने भएकोछ ।
रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिकाको टिमुरेमा निर्माण सम्पन्न १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्रमा मिति २०८२ ÷ ०३ ÷ २४ मा आएको ठूलो हिम बाढीका कारण जलविद्युत केन्द्रका अधिकांश संरचना तथा मेसिन उपकरणहरुमा ठूलो क्षति पुग्दा श्रृजित काबु बाहिरको परिस्थितिका कारण जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बन्द हुनपुगेकोमा सोको आंशिक रूपमा पुर्नस्थापना ÷ पुनर्निमाणका कार्यहरू सम्पन्न गरी हाल ३ वटै युनिटबाट विद्युत उत्पादन सूचारु भईरहेको अवस्थामा आगामि वर्षायाममा समेत निर्वाध रुपमा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने योजना मुताबिक वर्षायाम अगावै सम्पन्न गर्नुपर्ने पुर्नस्थापना ÷ पुर्ननिर्माणका कार्यहरु गर्न÷गराउन २०२६ देखि २७ जुन २०२६ सम्म) रसुवागढी जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बन्द गर्न नेपाल विद्युत प्राधिकरणबाट स्वीकृती प्राप्त गरेको कम्पनीले जनाएको छ ।
स्वीकृत उक्त अवधि (२२ दिन) भित्रमा कार्ययोजना बमोजिमका सम्पूर्ण कार्यहरू सम्पन्न गर्न कम्पनीले जनाएको छ।













