पशुपति सेभिङ एण्ड क्रेडिट सहकारीका १४० ऋणीको नामावली सार्वजनिक
२१ जेष्ठ २०८३, बिहीबार १९:१९

काठमाडौं । समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १४० जना ऋणीहरूको नामावली सार्वजनिक गरिएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले उपलब्ध ऋण विवरणका आधारमा उक्त नामावली सार्वजनिक गरेको जनाएको छ । समितिका अनुसार सहकारीको रकम असुली प्रक्रिया प्रभावकारी बनाउने र बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको हो ।
समितिले यसअघि ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ । साथै, ऋण बाँकी रहेका ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न सूचित गरिएको छ ।












