अर्थमा हुँदा ब्रम्हलूट मच्चाएका सचिव कृष्णहरि पुस्कर पक्राउपछि रिहा

२१ जेष्ठ २०८३, बिहीबार २३:०९

काठमाडौं । नेपाल सरकारका बहालवाला सचिवलाई नेपाल प्रहरीले आज अपरान्ह पक्राउ गरेको छ । हाल राष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरि कर्ण (पुस्कर) लाई प्रहरीले पक्राउ गरी आवश्यक प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धानका लागि आवश्यक परे पुनः बोलाउने गरी आजै मध्यराति रिहा गरेको छ ।

उनले अर्थमन्त्रालयमा हुँदा विभिन्न तत्वहरुसँग सेटिङ हालेर अर्बौका नीतिगत भ्रष्टाचारमा संलग्न भएका थिए पछिल्लो पटक श्रम मन्त्रालयको सचिव पदमा कार्यरत रहँदा बैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परिक्षण शुल्क दोब्बर भन्दा बढि बृद्धि गर्न म्यानपावर व्यवसायीहरुसँग सेटिङ गरेका थिए । बीमापोष्टले सचिव पुस्करको एक एक सेटिङ सम्बन्धी समाचार प्रकाशित गरेको थियो ।

आजै उनै विवादास्पद सचिवलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरी करिब सात घण्टा बयान लिएर राति अबेर रिहा गरेको हो । म्यानपावर व्यसवायी र मेडिकल व्यवसायीहरुसँगको मिलेमतोमा सचिव पुस्करले विदेश जाने कामदारहरुको स्वास्थ्य परिक्षण शुल्क दोब्बर भन्दा बढि बृद्धि गराएका थिए । तत्कालिन प्रधानमन्त्री सुशिला कार्कीलाई थाहै नदिई सेटिङ गरेका सचिव अहिले कानुनको फन्दामा परेका हुन् ।

अर्थमा हुँदा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र बीमा प्राधिकरणमा सेटिङ हानेर करोडौं कुम्ल्याएको आरोप सचिव पुस्करमाथि लागेको छ । पछिल्लो समय उनी मुख्यसचिव हुन दह्रो सेटिङ हान्ने प्रयास गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*