दिपक भट्टको बयानः ‘मलाई नियोजित रूपमा फसाउन खोजियो’

२९ जेष्ठ २०८३, शुक्रबार ११:५८

काठमाडौं । दिपक भट्टले सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा मात्र जालसाजीको बारेमा थाहा पाएको बताएका छन् ।

उनले बयानको क्रममा ब्रोकर खाता खोलिएपनि त्यसमार्फत दुरुप्रयोग गरेर आफूलाई नियोजित रुपमा फसाईएको बयान दिएका छन् । भट्टले बयान दिने क्रममा ब्रोकर नं.५५ मा एउटा मात्र खाता रहेको र उक्त कारोबारको लागि कुनै पनि खाता प्रयोग नगरेको बताएका छन् ।

उनले बयान दिने क्रममा सन्दिप चाचनलाई अफिसमा बोलाई मेरो स्वीकृति र आदेश विना के कति कारणले कारोबार गरेको हो ? म मुद्दामा जान्छु भन्दा निजले मसँग निजले आफ्नो गल्ती स्वीकार गरी आफू नै वास्तविक धनी भएको स्वीकार गरी म यो कारोबार राफसाफ गर्छु भनी वचन दिएको बताँउछन् ।

उनले सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा मात्र जालसाजीको जानकारी पाएकोर सोपश्चात ब्रोकरलाई बोलाई उसलाई मुद्दा गरिदिन्छु भन्दा निजले आफ्नो गल्ती स्वीकार गरी राफसाफ गर्ने बचन दिएको थियो भन्ने जवाफ दिएका छन्।

प्रतिवादी दिपक भट्टको बयानः

मेरो एकल नाममा ईन्फिनिटी होल्डिङ्स प्रा. लि रहेको छ । उक्त प्रा.लि.मा चुक्ता पुँजी ४८ करोड रहेको छ । हिमालयन रि इन्स्योरेन्समा ईन्फिनिटी होल्डिङ्स प्रा.लि.को ४.५% शेयर रहेको छ । दुईवटा माईक्रो ईन्स्योरेन्स नेपाल माईक्रो लाईफ र गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्समा कम्पनीमा १५ ÷ १५% शेयर रहेको छ । ईन्फिनिटी होल्डिङ्स एकल लगानी अन्तर्गतको हिमालयन एसेट म्यानेजमेन्ट कम्पनी रहेको छ । ईन्फिनिटि ईन्फ्रास्टक्चर कम्पनी लगायतमा मेरो लगानी रहेको छ । सम्पूर्ण विवरण हाल एकिन भएन । उक्त लगानी मेरो व्यवसायबाट आर्जन गरिएको हो । हिमालयन ईन्भेष्टमेन्ट बैंकर लि. मा मेरो श्रीमतीको शेयर रहेको छ ।

हाल प्रतिशत एकिन भएन । मैंले मेरो शेयर कारोबारको लागि भृकुटी स्टक ब्रोकिङ प्रा. लि.(ब्रोकर नं.५५) मा एउटा मात्र खाता रहेको छ । उक्त कारोबारको लागि मैंले कुनै पनि खाता प्रयोग गरेको छैन । साथै कारोबार पनि गरेको छैन । उक्त KYC फारममा मैंले मेरो माथि उल्लिखित विवरणहरूका साथै सम्पर्क नं. ९८५११९८८०८ र Email Address: [email protected] रहेको छ। मैंले हालसम्म शेयर कारोबार गरेको छैन । मैंले DMAT एकाउन्ट खोलीसके पश्चात भृकुटी ब्रोकरलाई ID password दिएको छु । तर कारोबारको अनुमति दिएको छैन । भृकुटी ब्रोकरसँग कारोबारको सन्दर्भमा लागु हुने गरी नेपालको प्रचलित कानुन लागु हुने भनी एउटा सम्झौता गरेको छु। मैंले कोही व्यक्ति वा संस्थाको नाममा DMAT Account, TMS User Bank Account प्रयोग गरेको छैन ।

शेयर कारोबार भएको सम्बन्धमा मैंले सुरूमा फोनको SMS जानकारी नराखी सामान्य लापरवाही भएको हो । पछि जानकारीमा आए पश्चात सन्दिप चाचनलाई अफिसमा बोलाई मेरो स्वीकृति र आदेश विना के कति कारणले कारोबार गरेको हो ? म मुद्दामा जान्छु भन्दा निजले मसँग निजले आफ्नो गल्ती स्वीकार गरी आफू नै वास्तविक धनी भएको स्वीकार गरी म यो कारोबार राफसाफ गर्छु भनी वचन दिई गएको हो। साथै, निजले मेरो एकाउन्टमा भएका कारोबारको वास्तविक धनी निज आफैँ रहेको भनी वचन बद्दता गरेको थियो । यसको वास्तविक धनीको जानकारी लिन IP Address बाट समेत एकिन गरि अनुसन्धान होस् । मैंले माथि नै खुलाई लेखाई सकेको छु की शेयर कारोबार मैंले गरेको छैन । अतः यसको लागि मेरो कारोबार गरिदिने व्यक्तिको पहिचान गरी आवश्यक अनुसन्धान होस् । जुन कम्पनीको डिबेन्चर किनवेचको निर्णय भएको छ । त्यसमा सञ्चालक समिति, व्यवस्थापन, लगानी समितिसँग अनुसन्धान गरी कसको प्रभावमा परी गरेको हो बुझ्न अनुरोध गर्दछु । मेरो ती सबै कम्पनीमा शेयर लगानी समेत छैन ।

जसमा आधारभूत शेयर रहेको छ । त्यसमा समेत सञ्चालक समिति, व्यवस्थापन, लगानी समितिमा मेरो संलग्नता छैन र डिजिटल फुट प्रिन्ट हेरी वास्तविक धनी र कारोबारकर्ता पहिचान गरी अनुसन्धान होस् भन्ने मेरो आग्रह छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धानको क्रममा बयान गर्दा नै मैंले यी सबै कारोबारहरूको जानकारी पाएको हो । उक्त जानकारी अनुसार ती कारोबार गर्दा मेरो समेत लगानी गर्ने सबै कम्पनीहरूको कारोबारमा प्रयोग भएको IMS को IP Address एउटै कार्यालयबाट सञ्चालन भएको थाहा हुन आयो । अतः त्यस कारोबार गर्ने व्यक्तिहरूको पहिचान र आवश्यक अनुसन्धान होस् ।

यस सम्बन्धमा मैंले यसपूर्व नै खुलाईदिए बमोजिम नै मेरो संलग्नता रहेको छैन । मैंले भृकुटी स्ट ब्रोकिङसँग सम्झौता मात्र गरेको हो । तर कार्यान्वयन गरेको भएको छैन । सम्झौता कार्यान्वयन हुन मेरो पूर्व स्वीकृती र निर्देशन हुनुपर्दछ । त्यसपछि जति मूल्यको कारोबार हुने हो त्यो मूल्यको कोल्याटरल बापत मैंले ब्रोकरलाई अग्रिम २५% भूक्तानी गरिदिएको हुनुपर्दछ । अनि मात्र सम्झौता बमोजिम कार्यान्वयन भएको मानिन्छ | साथै T+2 कार्यान्वयनको जिम्मेवारी भृकुटी ब्रोकरको हो । अतः उक्त कारोबारमा मेरो दायित्व रहँदैन | बरू सम्बन्धीत ब्रोकर वा सम्बन्धीत कारोबार गर्ने व्यक्तिको पहिचान गरी आवश्यक अनुसन्धान होस् । मैंले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट जानकारी पाएअनुसार मेरो IMS खातामा शेयर मूल्य बढिसके पश्चात डम्प गरेको देखिन्छ । त्यो के कति कारणले डम्प गरेको हो । वास्तविक धनीलाई थाहा हुने विषय हो । यसअघि विभिन्न व्यक्ति र संस्थाबाट ब्रोकरको खातामा पैसा गई अप्राकृतिक ढंगले शेयरको मूल्य बढाएको देखिन्छ । यो के उद्देश्यले मूल्य बढाईयो र बढेपछीका लाभकर्ता को को हुन् भनी छानविन गर्ने विषय हो ।

मैंले यसपूर्व खुलाए बमोजिम नै मेरो धितोपत्र कारोबारमा संलग्नता छैन । बरू मेरो खाता दुरूपयोग गरी मलाई नै क्षति पुऱ्याउने कार्य भएको छ । साथै मैंले हालसम्म कारोबार नै नगरेको र कुनै पनि मूल्य
कारोबारबाट लाभ पनि लिएको छैन । मैंले ब्रोकरसँग जम्मा जम्मी कारोबार गर्न सम्झौता मात्र गरेको हो । तर कार्यान्वयन गरेको / भएको छैन । सम्झौता कार्यान्वयन हुन मेरो पूर्व स्वीकृती र निर्देशन हुनुपर्दछ । त्यसपछि जति मूल्यको कारोबार हुने हो त्यो मूल्यको कोल्याटरल वापत मैंले ब्रोकरलाई अग्रिम २५% भूक्तानी गरिदिएको हुनुपर्दछ । अनि मात्र सम्झौता बमोजिम कार्यान्वयन भएको मानिन्छ । बिक्री गर्दा पनि EDIS गरेको हुनुपर्दछ सो समेत मैंले गरेको छैन । न मेरो खाताबाट ब्रोकरकोमा कुनै रकम गएको छ नत कुनै रकम आएको नै छ । यी सबै व्यहोराबाट मेरो शेयर करोवारमा संलग्नता नरहेको प्रष्ट हुन जान्छ ।

कारोबार नै नगरीकन कसूरको भागिदार हुने विषय नै रहेन । जहाँसम्म कृत्रिम कारोबारबाट मूल्य वृद्दि कुरा छ त्यसको लागि कुन कुन व्यक्ति र संस्थाबाट ब्रोकरलाई भुक्तानी भएको छ र कुन कुन व्यक्ति र संस्थाले मूल्य बृद्दिबाट लाभ लिएको छ त्यो छानविनको विषय हो । मेरो TMS खातामा शेयर 1 बढिसकेपश्चात डम्प गरेको देखिन्छ । त्यसैले सवालमा उल्लिखित विषयमा ब्रोकरबाट मलाई धोका तथा जालसाजी भएको छ । त्यसकारण धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ को देहाय (क) र दफा ९८ बमोजिमको कसूरमा मेरो कुनै संलग्नता छैन । उक्त सम्झौता मितिः २०८२/०४/०२ गते म र कम्पनीको प्रतिनिधी विच मेरो सानेपा स्थित ईन्फिनिटि होल्डिङ्स् प्रा. लि. को कार्यालयमा भएको हो । उक्त सम्झौता कारोबार गर्ने मनसायले गरेता पनि मैंले कारोबारको कार्यान्वयन गर्न र कुनै कारोबारको लागि आदेश र सहमति समेत दिएको छैन । मैंले ब्रोकरको सल्लाह बमोजिम उक्त सम्झौता गरेको थिएँ ।

कानुनी हैसियतको विषयमा ग्राहकले नभै ब्रोकरले जानकारी राख्ने विषय हो । तर सम्झौतामा नेपालको कानुनबमोजिम भनी उल्लेख भएको छ । मेरो बुझाईमा मैंले कारोबार नै नगरेको र कारोबारको नीम्ति अपनाउनुपर्ने प्रकृयामा सामेल नभएको साथै निर्देशन र सहमति समेत नभएकोले मलाई ब्रोकरबाट जालसाजी भएको प्रष्ट हो। मैंले सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा मात्र जालसाजीको जानकारी पाएको हो । सोपश्चात ब्रोकरलाई बोलाई उसलाई मुद्दा गरिदिन्छु भन्दा निजले आफ्नो गल्ती स्वीकार गरी राफसाफ गर्ने बचन दिएको थियो । मलाई हस्ताक्षर गर्न सन्दिप चाचन अग्रवालले निजको स्टाफलाई मेरो अफिसमा ल्याई हस्ताक्षर गराएको हो । के कुन स्टाफ आएका थिए हस्ताक्षरकर्तालाई नै जानकारी होला । वाँकी व्यहोरा सम्झौता पत्रमा नै उल्लेख गरिएको छ । मैले उक्त हस्ताक्षर सम्झौतापत्रमा उल्लेखित मितिमा नै गरेको हो । मेरो सत्य साँचो व्यहोरा यत्ति नै हो । मैंले यसपूर्व खुलाएबमोजिम नै उक्त सम्झौतापत्र कार्यान्वयनमा गएको छैन । TMS खाता खोल्दा KYC मा भरिएको विवरण स्वीकार गरेको सत्य साँचो हो । कारोबारको म्यासेज आएता पनि मैंले प्राय फोन कम प्रयोग गर्नु र Whatsapp को लागि Internet Connect मात्र गर्ने गरेकोले मैंले SMS नोटिस गरिन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*