एलआईसी नेपालका तीन उत्कृष्ट अभिकर्ताहरुले गत बर्षमा कति प्रिमियम भित्र्याए ?

१८ श्रावण २०८३, सोमबार १४:५५

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल) मा गत आर्थिक वर्षमा तीन उत्कृष्ट व्यवसाय गर्न सफल भएका अभिकर्ताहरु घोषित भएका छन् ।

अभिकर्ताहरुले हजारौं नागरिकहरुको बीमा गराई कम्पनीको व्यवसायमा महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन् ।

कम्पनीमा देशैभरीबाट सहभागिहरुलाई उछिन्दै काठमाडौं निवासी पूर्ण बहादुर खड्का, हेटौडाका राम कुमार अधिकारी र नवलपरासीकी प्रभा ज्ञवाली सर्बोत्कृष्ट अभिकर्ता बन्न सफल भएका छन् । अथक मिहिनेत, समय व्यवस्थापन र कडा परिश्रमका बावजुद आर्थिक वर्ष २०८१।०८२ मा अभिकर्ताहरूले करोडौंको बीमा व्यवसाय गरी ऐतिहासिक सफलता हासिल गरेका हुन् ।

एलआइसी नेपालको काठमाडौं शाखा कार्यालयमा आवद्ध भई बीमा व्यवसाय गर्दै आएका पूर्ण बहादुर खड्काले व्यक्तिगत कोडमा १० करोडको कारोबार गर्न सफल भएका छन् । उनले गत आर्थिक वर्षको असार मसान्तसम्ममा उक्त व्यवसाय गर्न सफल भएका हुन् ।

हजारौं अभिकर्तामध्ये दोस्रो स्थान हासिल गर्न सफल भएका हेटौडा शाखा कार्यालयका राम कुमार अधिकारी निकै सक्रिय र क्षमतावान अभिकर्ताको रुपमा परिचित रहेका छन् । अधिकारीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा व्यक्तिगत कोडबाट ४ करोड माथिकोे बीमा व्यवसाय गर्न सफल भएका छन् ।

त्यस्तै, एलआइसी नेपालको नवलपरासी शाखा कार्यालयमा आवद्ध रहेकी अभिकर्ता प्रभा ज्ञवालीले आफ्नो व्यक्तिगत कोडबाट ३ करोड ५० करोडको बीमा व्यवसाय गर्न सफल भएकीछिन् । अभिकर्ताहरुलाई पछि पार्दै ज्ञवालीले तारिफयोग्य व्यवसाय गरेर आफुलाई सफल अभिकर्ताको रुपमा स्थापित गरेकी छिन् ।

एलआसी नेपालमा हजारौं बीमा अभिकर्ताले जीवन बीमा व्यवसाय गर्दै आएका छन् । कम्पनीले विभिन्न समयमा अभिकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्षमता अभिवृद्धि तथा तालिम पनि सञ्चालन गर्दै आएको छ ।
साथै, कम्पनी र विभिन्न शाखा कार्यालयले आफ्ना अभिकर्ताहरूको यस सफलताको प्रशंसा गर्दै उत्कृष्ट बीमा व्यवसाय गर्न सफल भएकामा सम्पूर्ण अभिकर्ताहरूलाई कृतज्ञता प्रकट गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*