प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

१७ श्रावण २०८३, आईतवार १३:४६

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न भएको छ । चितवनमा साउन १४, १५, १६ र १७ गते गरी ४ दिन विभिन्न कार्यक्रमहरुका साथ भव्य रुपमा सम्पन्न भएको हो ।

आर्थिक वर्ष २०८२/८३ को समिक्षा, नयाँ आर्थिक वर्ष २०८३/८४ रणनीति, आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्य गर्ने कर्मचारी, शाखा, शाखा प्रमुख, प्रदेश प्रमुखलाई सम्मान र पावर अफ माइन्ड सेट फर विजनेस ग्रोथको तालिमका साथ कार्यक्रम सम्पन्न भएको हो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ प्रसाईंले प्रभु महालक्ष्मी लाइफले आर्थिक वर्ष २०८२/८३ मा गरेको व्यवसाय अघिल्लो आर्थिक वर्षभन्दा राम्रो वृद्धिदर भएको बताए । आगामी आर्थिक वर्षको व्यवसायीक रणनीतिका बारेमा प्रष्ट पार्दै ढुक्कले अघि बढ्न हौसला समेत प्रदान गरेका थिए ।

कम्पनीका व्यवस्थापन, प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरु, सेल्स एक्जुकेटिभ गरी देशैभरीबाट करिब २०० जनाको कार्यक्रममा उपस्थिति रहेको थियो । आर्थिक वर्ष २०८२/८३ उत्कृष्ट कार्य गर्ने प्रदेश प्रमुख, शाखा प्रमुख, सेल्स एक्जुकेटिभ लगायतलाई विशेष सम्मान गरेको थियो । कार्यक्रममा आचार्य राजा बाबु साहको पावर अफ माइन्ड सेट फर विजनेस ग्रोथ ट्रेनिङ सेसनले व्यवसायीक क्षमता बृद्धि गर्न उर्जा प्रदान गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका डीसीईओ किशोर प्रसाद लामिछानेले कम्पनीले आगामी दिनमा अझ ठूला सफलता प्राप्त गर्न विगतका अनुभवबाट सिकेर सुधार गर्दै अगाडी जानु पर्ने बताए । कम्पनीका नायब महाप्रबन्धक तथा नेशनल सेल्स हेडसोन बहादुर मगरले आर्थिक वर्ष २०८३/८४ को व्यवसायीक रणनीति बारे प्रष्ट पारेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*