भुकम्पको प्रिमियम जगेडा कोष शतप्रतिशतले बढ्यो, नेपाल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी रिक्स जोनमै

काठमाडौं । भुकम्पको जोखिमबाट रिक्सको लागि छुटै भुकम्पीय प्रिमियम जगेडा कोष खडा गरेको बीमा कम्पनीहरुले गत बर्षको तुलनामा शतप्रतिशतले वृद्धि गरेको छ ।
भुकम्पको प्रिमियम जगेडा कोषमा साढे ४५ करोड रकम संचित भएको छ। गत बर्षको सोहि अवधिमा कमपनीले २० करोड रुपैयाँ ७९ लाख रुपैयाँ रकम संचिति गरेको छ।
बीमा कम्पनीहरुको भुकम्प प्रिमियम रिर्जभ गत बर्षको तुलनामा १२० प्रतिशतले वृद्धि गरेको छ। नेपालमा इतिहास बोकेको दुई कम्पनी नेपाल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले भने यो कोषमा पैसा राखेको छैन ।
यस अवधिसम्ममा भुकम्पको रिक्सको लागि जगेडामा सबैभन्दा धेरै रकम राख्ने कम्पनी नेको इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले गत बर्षको तुलनामा २७५ प्रतिशतले वृद्धि गरेको छ। गत बर्ष २ अर्ब ७५ करोडको भुकम्प सम्बन्धी जगेडा कोषमा रकम राखेको कम्पनीले यस आर्थिक बर्ष(आ.व)सम्ममा ७ करोड ९१ करोड रकम संचित गरेको छ ।
दोस्रोमा प्रभु इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत बर्षको तुलनामा २४४ प्रतिशतले संचित रहेको बढाएको छ। गत बर्ष १ करोडमाथिको भुकम्प जगेडा संचित गरेको कम्पनीले यस अवधिसम्ममा ३ करोड ५२ लाख रुपैयाँ रकम संचित गरेको छ ।
तेस्रोमा एनएलजी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत बर्षको तुलनामा १४९ प्रतिशतले भुकम्प जगेडा कोषमा रकम संचिति गरेको छ।












