राष्ट्रिय बीमा कम्पनीका सिइओ शिवहरी श्रेष्ठले दिए राजिनामा
१५ श्रावण २०८३, शुक्रबार १३:५१

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवहरी श्रेष्ठले राजिनामा दिएका छन् ।
सिइओ शिवहरी श्रेष्ठले साउन १८ गतेदेखि लागू हुने गरी राजिनामा गरिदिन आग्रह गर्दै बोर्डमा पत्र पेश गरेको कम्पनीका एक उच्च अधिकारीले बीमापोष्टलाई जानकारी दिएका छन् ।
उनले आज नै राजिनामा पेश गरेका हुन् । बोर्डले उक्त प्रस्ताव अघि बढाएमा उनको राजिनामा स्वीकृत हुने छ ।











